शनिबार, साउन १२, २०८१
10:58 | १५:४३

एनआरएनएको पहिलो गायन रियालिटी शो आगामी हप्तादेखि

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२३


लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा पहिलोपटक आयोजना हुन लागेको रियालिटी शो ‘एनआरएन द सिङगर’ को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमका अनुसार पहिलो शो आगामी आइतबारदेखि रेर्कडिङ गरिने भएको छ ।

सो प्रतियोगितमा ६ महादेशका करिब ५ दर्जन प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको छ । गैरआवासीय नेपाली संघका अनुसार सो प्रतियोगितामा भाग लिन चाहने १५ वर्ष भन्दा माथिका प्रतियोगीहरुले सेप्टेम्बर २२ तारिखभित्र आ-आफ्नो नाम दर्ता गरि सक्नु पर्ने हुन्छ ।

“एनआरएन द सिङ्गर” नामक सिंगीङ रियलिटी शो कोभिड महामारी र यसबाट विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभावका कारण स्थगित गरिएको थियो । उक्त कार्यक्रम संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेशनको अवसर पारेर पुनः संचालन गर्ने निर्णय गरिएको हो ।

अहिलेसम्म जापान साइप्रस, अस्ट्रेलिया, बेल्जियम, डेनमार्क, फिनल्यान्ड, यूके, अमेरिका, रसिया, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, नर्वे, अस्ट्रिया, जर्मनी, स्वीडेन, इराक, क्यानडा, पोर्चुगल लगायत देशबाट सहभागिता भइसकेको छ।

राजधानी काठमाण्डौमा फाइनल प्रतियोगिता हुने कार्यक्रममा संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूलाई प्रतियोगी छनोट गरेर पठाउन संघले आव्हान गरेको छ । कार्यक्रम संयोजक गौतमले प्रतियोगितामा नयांपुस्ताको सहभागिताले कार्यक्रमप्रति थप विश्वास बढेर जाने बताए ।

प्रतियोगिताका लागि वरिष्ठ गायक शम्भु राई, गायिका शर्मिला बर्देवा र संगीतकार रुपक कुमार शाहीसमुदा रहेको निर्णायक मण्डल गठन गरिएको छ।

कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।

कार्यक्रम व्यवस्थापनको जिम्मा युनिटेक कम्पनी काठमाण्डौले लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू