शुक्रबार, वैशाख २१, २०८१
11:24 | १६:०९

बेलायतका अभियन्ता दयानिधि सापकोटाद्वारा केन्द्रिय सचिवमा उम्मेदवारी घोषणा

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२३

लन्डन । एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले एनआरएनए केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

बेलायत लेस्टरका एकजना सफल व्यवसायी सापकोटाले अग्रज र डेलिगेट्ससँग लामो छलफल एवम परामर्शपछि सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

‘पारदर्शी संगठन, जवाफदेही संस्था-एकताबद्ध एनआरएनए: सबल सचिवालय’ उनको मुख्य एजेन्डा छ । 

सापकोटाले एनआरएनएमा आफ्नो लामो अनुभव सदुपयोग गर्दै संघको वृहत्तर हित र मातृभूमिका लागि थप काम गर्ने प्रण पनि गरेका छन् ।  

एनआरएनए ११ औं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आउंदो १७ देखि २० अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।  

अहिले केन्द्रिय नेतृत्वको आकांक्षीमध्ये अग्रपङ्क्तिमा देखिएका उनले बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य र युरोप उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेका कारण उनी सबैको रोजाइ बनेका छन् ।  

सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा आएका थिए । 

स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न १४औं युरोपियन क्षेत्रीय बैठकसहित १२औं महिला, युवा तथा विज्ञ सम्मेलन र चेक रिपब्लिकमा आयोजित १५ औं युरोपियन क्षेत्रीय सम्मेलन सफल बनाउन निकै खटिएका सापकोटाको रचनात्मक भूमिकाले त्यतिखेर सर्वत्र प्रशंसा पाएको थियो ।

बेलायत नेपाल दुवैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ, नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर आर्थिक सहयोग गर्ने उनी नाम जस्तै ‘दयालु’ रहेको उनलाई चिन्नेहरु बताउंछन् । 

‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको पहिचान बनाएका उनले दर्जनौ सामाजिक संस्थामा काम गरेर अनुभव हासिल गरेका छन् ।

बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिए दयानिधि ।

स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आइपुगेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू