बिहीबार, जेठ १०, २०८१
22:36 | ०३:२१

लन्डनमा तीज गीतको म्यूजिक भिडियो सार्वजनिक

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२३

लन्डन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा लन्डनमा एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लन्डनमा स्थापित निर्देशक तथा सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशनमा ‘नाच्ने हो बाटुली…’ बोलको गीतमा म्यूजिक भिडियो बनाइएको हो ।

‘नाच्ने हो बाटुली’ गीत लोकराज अधिकारीले लेखेका हुन् भने यसमा गोविन्द मधुर आचार्यको संगीत/एरेन्ज र मीना केसीको स्वर छ । म्यूजिक भिडियो छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको छ भने कोरियोग्राफी सुष्मिता थापाले गरेकी छन् । कलर सुजन कोइरालाको छ ।

म्यूजिक भिडियोमा अन्जु बस्नेत, सृजना थापा, करिष्मा घोताने, लक्ष्मी बस्नेत, रस्मी भण्डारी, संगीता गहतराज, सीमा घतान, सिखा खड्का, शोभा घतान गौतम, बाली श्रेष्ठ, सृजा खतिवडा, सुमी भगत, सुष्मा बस्याल बस्ताकोटी, सुष्मिता थापा र भिसु ओझाले अभिनय गरेका छन्। म्यूजिक भिडियो आर्च ब्यूटीले प्रस्तुत गरेको हो ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू