शनिबार, साउन १२, २०८१
05:07 | ०९:५२

बाल गृह सहयोगार्थ लन्डनमा महानायक हमालसँग ‘ब्ल्याक टाई डिनर’ हुँदै

नेपाली लिङ्क सेप्टेम्बर २, २०२३

लन्डन- नेपाली चलचित्रका महानायक राजेश हमालको सहभागितामा लन्डनमा एक च्यारिटीप्रेरित डिनर कार्यक्रम हुने भएको छ।

हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा आउंदो सोमबार सेप्टेम्बर ४ का साँझ साउथ इष्ट लन्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा ‘ब्ल्याक टाई गाला डिनर’ गर्न लागिएको हो।

कार्यक्रमबाट संकलन हुने कोष हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृहलाई सहयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख आकर्षण ’मिट एन्ड ग्रिट विथ महानायक’ रहनेछ। उक्त अवसरमा महानायक हमालले आफ्नो अनुभवहरु शेयर गर्नाका साथै सहभागीहरुले उनीसँग भेट्ने, तस्विर लिने र कुराकानी गर्नेसम्मका अवसर पाउनेछन्।

कार्यक्रममा सहभागी हुन ६० पाउन्डको टिकट राखिएको छ ।  जसमा वेलकम ड्रिंक स्याम्पेन र क्यानेपीदेखि तीन कोर्स नेपाली डिनरसम्म समावेश गरिएको आयोजकले जनाएका छन्।

हरेक टिकटबाट जम्मा हुनेमध्ये आधा रकम सिधै बाल गृहलाई पठाइने जनाइएको छ।  

झन्डै एक दशक अघिदेखि सञ्चालनमा रहेको बाल गृहमा हाल अनाथ तथा विपन्न परिवारका जम्मा २२ जना बालाबालिकाले आश्रय पाइरहेका छन्।

कार्यक्रमको संयोजन हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टीहरु  प्रदिप पनेरु र यादव भण्डारी, कोषाध्यक्ष प्रतिमा जोशीलगायतले गर्दैछन् भने एभरेष्ट इन रेष्टुरेन्टले पनि कार्यक्रम आयोजनामा सहकार्य गरेको छ। 

कार्यक्रमका सबै सीट लगभग बुक भइसकेकाले ईच्छुक सहभागीलाई तत्काल आयोजक टीमलाई सम्पर्क गरेर स्थान सुरक्षित गर्न आव्हान गरिएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू