शनिबार, साउन १२, २०८१
02:18 | ०७:०३

स्वामी आनन्द अर्हतले स्कटल्याण्डमा ध्यान शिविर संचालन गर्ने

नेपाली लिङ्क अगस्ट २९, २०२३

लन्डन – काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले आउँदो साता एडिनबरा र एबरडिनमा ध्यान शिविर संचालन गर्न लागेका छन्।

स्वामी अर्हतले शनिबार, २ सेप्टेम्बरमा  नेप्लीज हिमालयन एसोसियशन स्कटल्याण्डद्वारा Bridge of Don, Balgownie Road, Aberdeen AB22 8GU (NHAS Hall) मा आयोजित कार्यक्रममा बिहान ८ बजेदेखि अपरान्ह १ बजे सम्म ध्यान शिविर संचालन गर्ने छन्। 

त्यस्तै उनले आइबार, ३  सेप्टेम्बरमा द हिमालयन सेन्टर 121 Great Junction Street, Edinburgh EH6 5LD मा  बिहान ९ बजेदेखि अपरान्ह १ बजेसम्म ध्यान शिविर संचालन गर्ने आयोजकहरुले जानकारी दिएका छन् ।

आयोजक ओशो आनन्दबोधी मेडिटेशन सेन्टर युकेका संयोजक स्वामी ध्यान शंकरले स्कटल्याण्डमा बसोबास गर्ने सबै मित्रहरुलाई उक्त शिविरहरुमा भाग लिएर लाभान्वित हुन आग्रह गरेका छन्।


यस अघि स्वामी अर्हतले लन्डन ह्यारोस्थित अन्तर्राष्ट्रिय सिद्धाश्रम शक्ति केन्द्र तथा फाल्कनउडस्थित ह्यारिस एकेडेमीमा पनि ध्यान शिविरहरु संचालन गरेका थिए। 

ती शिविरहरुमा स्वामी अर्हतले खाना, व्यायाम, आराम, स्वस्थ वातावरण, नियमित सामाजिक सम्पर्क र कुलत छाडेर संतुलित जीवन यापन गर्न सुझाव दिए। 

उनले हरेक दिन बिहान उठेर कम्तीमा ५ मिनट छिटो छिटो स्वाश बाहिर फ्यांक्न र स्वासप्रश्वास प्रक्रियालाई हेर्न पनि सुझाव दिए।

“हामीले खाना किन्न सक्छौं, भोक किन्न सक्दैनौं, बेड किन्न सक्छौं, निन्द्रा किन्न सक्दैनौं। त्यसैले संतुलित जीवन यापन गर्नुको विकल्प छैन,” उनले भने।


यस्तै स्वामी अर्हतले २६ देखि २८ अगष्टमा लन्डन नजिकै मेडेनहेडमा तीन दिवसीय ध्यान शिविर सन्चालन गरेका थिए । उनले शिविरमा डाइनामिक, कुण्डलिनी, चक्र साउण्ड लगायतका ध्यानहरू गराएका थिए। 

शिविरमा सहभागी झन्डै ५० जना साधक, साधिकाहरुले थेम्स नदी क्षेत्रको भ्रमण पनि गरे । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू