शनिबार, साउन १२, २०८१
02:22 | ०७:०७

एनआरएनए युरोप उपसंयोजक सापकोटा नयां नेतृत्वका लागि आकांक्षी

नेपाली लिङ्क अगस्ट २२, २०२३

लन्डन । बेलायत लेष्टर निवासी एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले संघमा थप जिम्मेवारी वहन गर्न आफू तयार रहेको बताएका छन् । 

गैर आवासीय नेपाली संघ बेलायतले आइतबार अल्डरसटमा आयोजना गरेको बधाई तथा शुभकामना समारोहमा सापकोटाले एनआरएनएमा आफ्नो लामो अनुभव सदुपयोग गर्दै संघको वृहत्तर हित र मातृभूमिका लागि पाइला अगाडि बढाउन चाहेको बताए । 

एनआरएनए आइसीसी सदस्य हुंदै युरोप उपसंयोजक बनेका सफल व्यवसायी तथा सामाजिक अभियन्ता सापकोटा १५ वर्षभन्दा बढी समयदेखि एनआरएनएमा क्रियाशील छन् । 


कार्यक्रममा सापकोटाले कुन पदमा उम्मेदवारी दिने सार्वजनिक नगरेपनि उनी युरोप संयोजक वा सचिव पदको आकांक्षी रहेको बुझिएको छ ।  

‘संघ अहिले चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । जनमानसमा यसको साख घटिरहंदा म संस्थागत सुधारका लागि कटिवद्ध भएर आएको छु, मेरो पाइला अगाडि बढ्छ’, उनले भने । 

पद, शक्ति र पैसाको पछाडि दौड्ने जमातले एनआरएनमा गुटबन्दी गरिरहेको बताउंदै आएका सापकोटाले अबको नेतृत्वमा इमान्दार र स्वार्थबाट टाढा रहेका अभियन्ता आउनुपर्नेमा जोड दिए । 

संघको एघारौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कार्तिक ३ (१७ देखि २० अक्टोबर २०२३) मा हुने भएको छ ।

स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न १४औं युरोपियन क्षेत्रीय बैठकसहित १२औं महिला, युवा तथा विज्ञ सम्मेलनमा सापकोटाको रचनात्मक भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।

‘रुपान्तरणका लागि साझेदारी’ नारासहित भएको उक्त सम्मेलन सफल बनाउन एनआरएनए आइसीसी युरोप क्षेत्रीय उपसंयोजक सापकोटाले छोटो समयमा पनि धेरै मेहनत गरेर सम्मेलन सफल बनाउन सघाएका थिए । 

साथै, चेक रिपब्लिकमा आयोजित १५ औं युरोपियन क्षेत्रीय सम्मेलनको ‘होस्ट’ उनै थिए । उनी सम्मेलन सफल बनाउन निकै खटिए ।   

सापकोटा एनआरएनए यूकेको कठिनपूर्ण घडीमा संस्थालाई सफल अवतरण गराउन प्रमुख भूमिका खेल्ने मध्ये एक पात्र हुन् । उनको नेतृत्व क्षमताको बेलायतमा मात्र होइन्, सर्वत्र प्रशंसा हुने गरेको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू