आइतबार, जेठ ६, २०८१
14:19 | १९:०४

तीन गुल्मेली कलाकारको प्रस्तुतिमा लन्डनमा सांगीतिक साँझ

नेपाली लिङ्क अगस्ट १८, २०२३


लन्डन। सांगीतिक कार्यक्रम गर्न बेलायत आएका तीन गुल्मेली लोकदोहोरी कलाकारले साउथ इष्ट लन्डनमा प्रस्तुति गरेका छन्।

गायक सन्तु थापा र तिलक बस्नेत तथा गायिका पवित्रा सर्तुङे मगरले विहीबार साँझ प्लमस्टिडको गोर्खा क्याप्रिकन रेष्टुरेन्टमा प्रस्तुति गरेका हुन्।

कार्यक्रममा कलाकारत्रयले एकल तथा दोहोरी गीतहरुमार्फत् मनोरञ्जन दिलाए । उनीहरुले उपस्थित दर्शकलाई घन्टौंसम्म नचाएका थिए।  

साउथ इष्ट लन्डनवासी गुल्मेलीहरु खड्क रेश्मी, भुवन खत्री, देव पचभैयासहितको तत्परतामा कार्यक्रम आयोजना गरिएको थियो।  

सो अवसरमा आयोजकका तर्फबाट कलाकारलाई स्वागत, सम्मान पनि गरिएको थियो।

गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार फत्त थापाले खादा ओढाएर उनीहरुलाई सम्मान गरेका थिए। समाजकी प्रवक्ता राधा खरेलले छोटो औपचारिक कार्यक्रम सञ्चालन गरेकी थिइन्। 

कार्यक्रममा विनोद ज्ञवाली, फडिन्द्र भट्टराई, मुना सापकोटा, गोपाल अर्याल, माया केसी, यज्ञ खरेल, वसन्त खनाल, राम पान्डे, डम्बर श्रीष, सोलिसिटर टम अधिकारी, ब्रुसकुमार थापा, राजेन्द्र खस, कुश बस्नेतलगायत समाजका अगुवाहरुसहित दर्जनौँको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू