शनिबार, साउन १२, २०८१
03:02 | ०७:४७

वर्ल्ड रेमिटबाट ५० पाउन्ड पठाउँदा प्रकाश सपूत यूके कन्सर्टको टिकट फ्रि

नेपाली लिङ्क अगस्ट १८, २०२३

लन्डन। चर्चित गायक प्रकाश सपूतको यूके कन्सर्टमा वर्ल्ड रेमिटले विशेष अफर दिने भएको छ।

अगस्ट २५ शुक्रबार अल्डरसट एम्पायर हलमा हुने प्रकाश सपूत सांगीतिक कार्यक्रमका लागि ‘फ्रि टिकट’ अफर ल्याइएको हो।

कार्यक्रम आयोजक केप्लर समूहका एक सदस्य अनिल मल्लका अनुसार वर्ल्ड रेमिटको एप डाउनलोड गरी ५० पाउन्ड नेपाल पठाउंदा प्रकाश सपूत कन्सर्टको टिकट निशुल्क मिल्ने भएको हो ।

पठाएको सबै ५० पाउन्डबराबरकै रकम नेपालमा आफ्नो खातामा जम्मा हुन्छ भने रकम पठाउने ग्राहककै यूके एकाउन्टमा ९ पाउन्ड फिर्ता समेत हुनेछ।

अफरको लाभ लिन वर्ल्ड रेमिटको एप डाउनलोड गरी ५० पाउन्ड नेपाल पठाउनुपर्नेछ। पैसा पठाउंदा प्रोमो कोड राख्नुपर्नेछ।  पैसा पठाएको प्रमाणको स्क्रिनसट आयोजक समूहका कुनै पनि सदस्यलाई पठाएपछि प्रकाश सपूत कन्सर्टको टिकट निशुल्क पाइनेछ। 

वर्ल्ड रेमिट अफर उपयोग गर्दा २५ पाउन्डको टिकट र ९ पाउन्ड फिर्ता आउने रकम गरी जम्मा ३४ पाउन्डको लाभ उठाउन सकिने भएको छ।

लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक यूके आउंदैछन् ।  अगस्ट २५ साँझ अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रमलगत्तै उनी नेपाल फर्किनेछन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू