शनिबार, साउन १२, २०८१
02:44 | ०७:२९

तान्चोक नौजे पैंगीलामा परिवार यूकेको भेटघाट

नेपाली लिङ्क अगस्ट १५, २०२३

लण्डन । तान्चोक नौजे पैंगीलामा परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत १२ अगष्ट शनिबार फार्नबोरोस्थित साम्युल कोडी स्पोर्टस् कलेजको सभाहलमा भेटघाट भएको हो । 

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने तान्चोक गाउँ पुर्खौली घर भई बेलायतमा बसोबास गर्ने नौजे पैंगीलामा तमूहरुले विविध कार्यक्रमका साथ भेला गरेका हुन् । 

बौद्ध अर्घौं सदन पोखराका प्रमुख लामा खेन्पो शीरलामा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्रद्धेय गुरु किसानसिंङ्ग गुरुङ विशेष अतिथि थिए । त्यस्तै, तमूधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा यूके अध्यक्ष लेप्टेन कुसाङ्ग गुरुङ, पन्च गुरुङ, आँटीघर मौजाका नौजें पैंगीलामा परिवारका क्याप्टेन नारायण बहादुर गुरुङ, चन्द्रदेवी र इन्द्र कुमार, उषा गुरुङलगायतको उपस्थिति थियो । 


कार्यक्रममा परिवारका छोरीज्वाई, भान्जाभान्जी तथा भान्जीज्वाईहरु र विभिन्न संघसंस्थाका पदाधिकारीलाई पाहुनाको रुपमा आमन्त्रण गरिएको थियो । 

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त भेटघाटमा परिवारका अध्यक्ष मेजर हितमान गुरुङले एकअर्कामा परिचय, भेटघाट, आपसी सद्भाव विकास, आत्मीयता, मित्रता र सम्बन्ध दरिलो र प्रगाढ पार्दै लैजाने परिवारको उद्देश्य रहेको बताउँदै उपस्थितिका लागि सबैलाई धन्यवाद दिए ।  

उनले ‘मिसन २०२५’ को अवधारणा प्रस्तुत गर्दै आगामी दिनमा संस्थाको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने बताउँदै समाजको विकासका लागि सल्लाह र सुझावको अपेक्षा व्यक्त गरे । 

परिवारका अध्यक्ष मेजर हितमान गुरुङ, प्रमुख अतिथि खेन्पो शीरलामा गुरुङ, विशेष अतिथि तमूधि यूके अध्यक्ष हरि गुरुङ, जेष्ठ सदस्य क्या. रि. पूर्ण बहादुर गुरुङले दीपप्रज्ज्वलन गरी शुरुवात भएको उक्त कार्यक्रममा हालै सन्तान लाभ भएका, बैबाहिक बन्धनमा बाँधिएका, विभिन्न संघसंस्थाको नेतृत्वमा पुगेका, ८४ वर्ष पूरा गरेका जेष्ठ सदस्य, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, छोरीज्वाइँलगायत परिवारका सदस्यहरुलाई खदा लगाई बधाई ज्ञापन गरिएको थियो ।  

तान्चोक नौजे पैंगीलामा परिवार यूकेका अध्यक्ष मेजर हितमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवारका वरिष्ठ उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महासचिव प्रेमबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू