शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

गाडी दुर्घटनामा गम्भीर घाइते उपचार गर्न पैसा नभएर जीवन मरणको दोसाँधमा

नेपाली लिङ्क अगस्ट १५, २०२३


लण्डन- गाडी दुर्घटनामा गम्भीर घाइते केन्द्र बहादुर कार्कीको उपचार सहयोगार्थ लण्डनमा चन्दा संकलन शुरु गरिएको छ ।

हाल आयुष हस्पिटल नयाँ बानेश्वरमा उपचाररत कार्कीको  उपचार गर्न आर्थिक समस्या परिरहेको छ ।

ओखलढुङगा निवासी उनकी श्रीमति कल्पना कार्कीको आग्रह बमोजिम सहयोग संकलन थालिएको अर्जुन बोहोराले बताए ।  

कार्की गत वर्ष फागुन २१ गते गाडी दुर्घटनामा परेका थिए ।  सरकारले उपचार खर्च थोरै मात्र बेहोरेको थियो ।

‘घरपरिवारको आर्थिक अवस्था निकै कमजोर रहेछ । आफूसंग भएको पैसा सबै खर्च भयो तर उपचार अझै गर्नुपर्दा जति सक्नुहुन्छ सहयोग गरि उहांको जीवन बचाइदिन म विनम्र अनुरोध गर्दछु’- संयोजक अर्जुन बोहोराले बताए ।  

घाइते कार्की छ महिनादेखि तस्बिरमा देखिए जस्तो कारुणिक  अवस्थामा हस्पिटल बेडमा छन् । आफ्नो भएको सम्पत्ति बेचेर सकिइसक्यो । गाउंघरमा लिएको ऋण साहुले माग्न थालिसकेका छन् । तर, उपचार कति सम्म गर्नुपर्ने हो बडो चिन्तामा छन् कार्की परिवार ।

उनको उपचारका लागि निम्न बैंक खातामा पैसा हालिदिन सक्नु हुन्छ:

Arjun Bohara 

Sort Code: 11-03-60

Account number: 10167168

Halifax 

Ref- Karki’s treatment 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू