शनिबार, साउन १२, २०८१
02:42 | ०७:२७

साउथह्याम्प्टनमा पञ्चकोट समाज यूकेको प्रथम वार्षिक साधारणसभा

नेपाली लिङ्क अगस्ट ९, २०२३

लन्डन- पञ्चकोट समाज यूकेको प्रथम वार्षिक साधारणसभा एक विशेष कार्यक्रमसहित आइतबार साउथह्याम्प्टनमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष रेशम खड्का (वीरेन्द्र) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालका चर्चित लोकगायिका देवी घर्तीमगर तथा विशेष अतिथि लोकगायक राजेश बर्देवा थिए भने अतिथि थग बहादुर थापा मगर थिए ।

प्रमुख अतिथि, विशेष अतिथि र अध्यक्षले संयुक्तरुपमा पानसमा बत्तिबालेर कार्यक्रम उद्घाटन गरेका थिए ।

उक्त अवसरमा गत एक वर्षभित्र विवाह, घर, डिग्री, व्यवसायलगायतका उपलब्धि हासिल गर्नेहरुलाई प्रमुख अतिथि र विशेष अतिथिले खादा लगाएर सम्मान गरेका थिए। सम्मानित हुनेमा बालकुमार रोका, एलिना थापामगर, हिमाल क्षेत्री, जुना क्षेत्री, रविन्द्र क्षेत्री, रञ्जिता क्षेत्री, सुरज पौडेल, सीता पौडेल, दिलिप शर्मा, दुर्गा शर्मा, दिपिका थापा मगर र बविता सापकोटा थिए ।

गत एक वर्षमा तदर्थ समितिले गरेको कार्य तथा आय-व्ययबारे सचिव इन्द्र एलजी थापामगरले जानकारी गराएका थिए । त्यस पश्चात वार्षिक साधारण सभाले ३ वर्षका लागि रेशम खड्का (वीरेन्द्र) को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसअनुसार अध्यक्ष रेशम खड्का (वीरेन्द्र) नटिङहम, उपाध्यक्ष धन थापा (साउथहाम्प्टन), सचिव ईन्द्र एलजी थापामगर (इष्टली), सह-सचिव महेन्द्र केसी (वकिङ), कोषाध्यक्ष नारान थापा (स्वीन्डन), सह-कोषाध्यक्ष नारायण केसी (इष्टली) तथा सदस्यहरुमा जंग मगर (साउथहाम्प्टन), जुना मल्ल (साउथहाम्प्टन), निर्मया थापा (इष्टली), ऋषि सापकोटा (सलिस्बरी), प्रदिप पौडेल (बर्मिङहम), दुर्गा शर्मा (नटिङहम), दिल बहादुर थापा (स्कटल्यान्ड) र मिलन रावल (क्याम्बर्ली) छन्।

यसैगरी, सल्लाहकारहरुमा हिमाल क्षेत्री (इष्टली), राम थापा (साउथहाम्प्टन), नगेन्द्र थापा (इष्टली), राम बहादुर कार्की (वीन्चेष्टर), देवेन्द्र श्रेष्ठ (स्विन्डन), भरत हमाल (वकिङ)  र राजकुमार विष्ट (वकिङ) चयन गरिएको छ । सबै कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकार सबैलाई प्रमुख अतिथि देवी घर्तीमगर र राजेश बर्देवाले खादा लगाएर कार्यकाल सफलताको शुभकामना दिएका थिए।

सभाले समाजको ‘दोस्रो वार्षिक साधारणसभा तथा भेटघाट’ कार्यक्रम अर्को वर्ष अगष्ट पहिलो साता वकिङमा गर्ने निर्णय गरेको छ।

कार्यक्रमको अध्यक्षता रेशम खड्का (वीरेन्द्र) ले गरेका थिए भने संचालन सचिव इन्द्र एलजी थापामगरले गरेका थिए।

त्यसपश्चात चर्चित गायिका देवी घर्तीमगर र गायक राजेश बर्देवाले सबैलाई नचाएर मनोरन्जन दिएका थिए भने सुलभ पौडेलले डिजेको जिम्मेवारी लिएका थिए।

उक्त अवसरमा समाजको तर्फबाट नगद उपहार सिनियर सिटिजन थग बहादुर थापाले लोकगीत गायिका देवी घर्तीमगर र लोकगीत गायक राजेश बर्देवालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू