शनिबार, साउन १२, २०८१
05:37 | १०:२२

अल्डरसटमा गरियो खुशी र सफलताको सूत्र सिकाउने कार्यक्रम

नेपाली लिङ्क अगस्ट ८, २०२३

लन्डन । बेलायतको अल्डरसटमा पाँचौं अन्लिश योर इन्नर सेल्फ इभेन्ट सम्पन्न भएको छ ।

गत ६ अगस्त आइतबार डि लाउन्ज रेष्टुरेन्टमा कार्यक्रम भएको हो । बिहान ९.३० बाट सुरु उक्त कार्यक्रम अपरान्ह करिब ५ बजे समापन भएको थियो ।

उक्त कार्यक्रम मानिसलाई स्वास्थ्यकर जीवन जिउन, व्यापार व्यवसाय सञ्चालन र धन आर्जन गर्न एवं खुशी रहन सिकाउने मूल उद्देश्यका साथ गरिएको हो ।

कार्यक्रम नेपालका ख्यातिप्राप्त बांसुरीवाधक धन गुरुङ र डिएमटी ब्यान्डका संयोजक दिनेश गुरुङले सुमुधुर शास्त्रीय धुन बजाएपछि सुरु गरिएको थियो ।

कार्यक्रममा आयोजक मन गुरुङले ‘अन्लिस योर इन्नर सेल्फ इभेन्ट’ को उद्देश्यबारे प्रष्ट्याउंदै व्यक्तित्व विकास गर्न भित्रैबाट कसरी शक्ति निकाल्ने भन्नेबारे प्रशिक्षण दिएका थिए ।

आयोजक मन गुरुङ

त्यसैगरि, दिनेश रोकाले मानिसको शारीरिक तथा मानसिक तन्दुरुस्त कसरी राख्न सकिन्छ भन्नेबारे, श्याम श्रेष्ठले अकाउन्टिङ र फाइनान्सबारे, मेघ गुरुङले योगा विज्ञानबारे, एलएन पाण्डेले लगानी र उद्यमशीलताबारे, दिग्विजय घलेले पौष्टिक तत्वबारे र सुमन पुनले व्यापार ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरासहित सफलताको सुत्र सिकाए ।

उक्त कार्यक्रम डा. विशाल गुरुङले सञ्चालन गरेका थिए भने दिनेश गुरुङले डिजे र सिजनले भिडियोग्राफीमा सघाए । त्यस्तै, दोहोरी कलाकार सागर गुरुङको गायन र हल ब्यवस्थापनमा डि लाउन्जले विशेष सहयोग गरे ।

उक्त कार्यक्रमको गोल्ड प्रायोजन गोर्खा सर्भिसेस् लिमिटेड र सिल्भर प्रायोजन पेपर वर्क सोलुसनले गरेका थिए ।

अन्त्यमा आयोजक मन गुरुङले सकारात्मक परिवर्तन हुने अभ्यास गराई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउने सबैप्रति धन्यवाद व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू