शनिबार, साउन १२, २०८१
02:42 | ०७:२७

स्वामी आनन्द अर्हतले बेलायतमा ध्यान शिविर गर्ने

नेपाली लिङ्क अगस्ट ५, २०२३

लन्डन – काठमाण्डूस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही अगष्ट महिनाको अन्तिम साता बेलायतमा ध्यान शिविर सन्चालन गर्ने भएका छन् ।

उनले आउँदो अगष्ट २६ देखि २८ तारिखसम्म लन्डन नजिकै CIM Moor Hall, Maidenhead, Berkshire, SL6 9QH मा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्ने छन् । 

यसैगरी स्वामी अर्हतले शनिबार, १९ अगष्टमा ह्यारोमा सत्संग तथा आइतबार, २० अगष्ट ह्यारिस एकेडेमी, फाल्कनउडमा एक दिवसीय ध्यान शिविर संचालन गर्ने जनाइएको छ ।

संसारका २० भन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरिसकेका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए 

“राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अर्हतले भने ।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणसंगै स्वामी आनन्द अर्हतले गत १६ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् ।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। कोभिड १९ महामारी, जलवायु परिवर्तन र ‘कस्ट अफ लिभिङ क्राइसीस’ ले उत्पन्न गरेको संकटसंग जुध्न र आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्न पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने प्रमाणित भएको छ। त्यसैले स्वामी अर्हतसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबै मित्रहरुलाई आग्रह गर्दछौं,” आनन्दबोधी मेडिटेशन सेन्टर यूकेका संयोजक स्वामी ध्यान शंकरले भने ।

शिविरमा सहभागी हुन इच्छुकलाई [email protected] वा [email protected] मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक आनन्दबोधी मेडिटेशन सेन्टर यूकेले आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू