शनिबार, साउन १२, २०८१
06:24 | ११:०९

बेलायतले निजेरस्थित दूतावासका कर्मचारी घटाउँदै

रासस-एएफपी अगस्ट ३, २०२३

लन्डन, १८ साउन—बेलायतले बिहीबार सैन्य विद्रोहपछि निजेरस्थित आफ्नो दूतावासका कर्मचारीलाई अस्थायी रूपमा कटौती गरेको जनाएको छ।

“सुरक्षा अवस्थाका कारण नियामीमा रहेको बेलायती दूतावासले अस्थायी रूपमा आफ्ना कर्मचारीको सङ्ख्या घटाएको छ,” विदेश मन्त्रालले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

संयुक्त राज्यले बुधवार कूटनीतिक कर्मचारीहरूलाई आंशिक खाली गर्न आदेश दिएको छ भने फ्रान्सले बिहीबार नियामीस्थित आफ्नो दूतावासमा हिंसात्मक प्रदर्शन भएपछि आफ्नो मिसन र कूटनीतिक कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न जुन्तालाई आग्रह गरेको छ ।

निजेरको पूर्व औपनिवेशिक शासक फ्रान्सले पश्चिम अफ्रिकी देशमा सैन्य हस्तक्षेप गर्न खोजेको आरोप पुटस्चिस्टहरूले लगाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू