शनिबार, साउन १२, २०८१
02:53 | ०७:३८

तेश्रो धादिङ नुवाकोट कप स्वीन्डन स्टारलाई

नेपाली लिङ्क जुलाइ ३०, २०२३

लन्डन । धादिङ नुवाकोट समाज यूकेले आयोजना गरेको तेश्रो धादिङ नुवाकोट कप स्वीन्डन स्टारले जितेको छ । शनिबार लन्डन फेल्थम कम्युनिटी कलेज मैदानमा आयोजित प्रतियोगितामा प्रथम भएर स्वीन्डन स्टारले गोल्ड मेडलसहित प्रमाणपत्र जित्यो भने फेल्थम फाइटर रनर अप भयो । उसले सिल्भर मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

भेट्रान खेलाडीसहित ६ टिम सहभागी उक्त प्रतियोगितामा धनगरचोक टाइगर्स तृतीय भइ ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गरयो ।

विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए । युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने लक्ष्यसहित फुटबल प्रतियोगिता शुरु गरिएको अध्यक्ष तामाङले बताए ।

बिहान फुटबल प्रतियोगिता गरिएपछि सांझ नेपालका राष्ट्रिय कलाकारका साथ सोही कलेजको हलमा सांस्कृतिक कार्यक्रम गरियो । उक्त कार्यक्रममा बेलायतको नेपाली समाजका लव्ध प्रतिष्ठित व्यक्तिसहित धादिङ र नुवाकोटवासी झण्डै ४ सय जना सहभागी थिए । तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू