शनिबार, साउन १२, २०८१
06:57 | ११:४२

डा. कंडेलले ट्रष्टीबाट दिए राजिनामा

नेपाली लिङ्क जुलाइ २६, २०२३

लन्डन । एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष डा. नारायण कंडेलले संघको ट्रष्टीबाट राजिनामा दिएका छन् ।

एनआरएनए यूके बेलायतको च्यारिटीमा दर्ता छ जसको नम्बर हो ११९६०१३ ।

एनआरएनए यूकेको अध्यक्ष उम्मेदवार रहेका कंडेल उपविजेता बनेपछि गत आइतबार उनले ट्रष्टी चिअर सुनिलबाबु खड्का र नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ समक्ष राजिनामा दिएका हुन् । राजिनामा उनले ‘आन्तरिक’ कारण रहेको बताएका छन् ।

सन् २०१९ देखि दुई कार्यकाल (चार वर्ष) उपाध्यक्ष रहेर काम गरेका कंडेल अध्यक्ष पराजित भएपछि अब आफ्नो व्यवसायतिर व्यस्त हुने विश्वास गरिएको छ । नर्दन आयरल्याण्डवासी उनी कानूनविद समेत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू