बुधबार, वैशाख १२, २०८१
10:03 | १४:४८

प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

रासस जुलाइ २४, २०२३

काठमाडौँ, ८ साउन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो ।

सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँको साथमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत हुनुहुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू