शनिबार, साउन १२, २०८१
05:45 | १०:३०

बेलायतको गुल्मेली भेला अगस्ट ६ मा लन्डनमा: तिलक, पवित्रा र सन्तुले प्रस्तुति गर्ने

नेपाली लिङ्क जुलाइ २४, २०२३

लन्डन। गुल्मी जिल्ला समाज यूकेले वार्षिक रुपमा गर्दै आएको भेला सधैंजस्तै यसपटक पनि अगस्ट पहिलो साता आयोजना हुने भएको छ।

१५ औं गुल्मेली भेला लन्डन फेल्थामको ‘ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजर सेन्टर’ मा अगस्ट ६ तारिख आइतबार हुने भएको हो।

कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट गुल्मेली कलाकारद्वय गायक तिलक बस्नेत र गायिका पवित्रा सर्तुङे आउने भएका छन्। उनीहरु दुवै यही शुक्रबार जुलाई २८ तारिख साँझ लन्डन आइपुग्ने समाजकी प्रवक्ता राधा खरेलले जानकारी दिइन्। 

सो अवसरमा अहिले बेलायत भ्रमणमै रहेका अर्का गुल्मेली गायक सन्तु थापाले पनि सांगीतिक प्रस्तुति गर्नेछन्।

कार्यक्रममा विगतमा जस्तै प्रथम नौमती बाजा गुल्मी यूके समूहको विशेष प्रस्तुति रहनेछ। त्यसबाहेक स्थानीय कलाकारका आकर्षक नृत्यहरुसंगै गुल्मेली झ्याउरे, लोकदोहोरी, भजन, तीजगीत, डिजे डान्सलगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछ।  

समाजका महासचिव रुद्र थापाले कार्यक्रममा बेलायतका लागि नेपाली राजदूतसहित यहाँस्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिलाई अतिथिको रुपमा निम्त्याइएको जानकारी दिए।

पछिल्लो धेरै वर्षसम्म लगातार अल्डरसटमा हुँदै आएको भेला यो वर्ष पहिलोपटक लन्डन फेल्थाममा हुन लागेको हो। कार्यक्रम संयोजन समाजका उपाध्यक्ष वरुण भण्डारीले गर्दैछन्।

कार्यक्रममा सहभागिताका लागि समाजका अध्यक्ष बीर बलालले बेलायतवासी सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुलाई आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू