शनिबार, साउन १२, २०८१
11:54 | १६:३९

एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मत खस्यो

नेपाली लिङ्क जुलाइ २२, २०२३

लन्डन । एनआरएनए यूके निर्वाचनमा झन्डै ९० प्रतिशत मतदान भएको छ । 

शनिबार बिहान ६ बजे शुरु भएर अघि मध्यरातमा सम्पन्न अनलाइन मतदानमा कुल ३ हजार ७ सय २८ मत (८९.१२ प्रतिशत) खसेको निर्वाचन अनुगमनकर्ता एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले जानकारी दिए।  कुल मतदाता ४ हजार १ सय ८३ छन् । 

सापकोटाका अनुसार खसेको मतमध्ये इंग्ल्याण्डमा ३ हजार ८५  (८७.७ प्रतिशत), स्कटल्याण्ड ४९२ (९८.६प्रतिशत), नर्दन आयरल्याण्ड र वेल्समा १५१ (९०.४ प्रतिशत) मत खसेको हो। 

अहिले केहीबेरमै नतिजा प्रकाशन हुने अपेक्षा छ। एनआरएनए यूकेमा पहिलोपटक फेस भेरिफिकेसन विधिद्वारा मतदान गराइएको हो ।

सन् २०२३-२५ कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन भएको हो ।

अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कंडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ । 

त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषदको अध्यक्ष पदमा पनि मतदान भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू