शनिबार, साउन १२, २०८१
05:59 | १०:४४

एनआरएनए यूके निर्वाचनमा उल्लेख्य मतदान (अपडेट)

नेपाली लिङ्क जुलाइ २२, २०२३

लन्डन ।  एनआरएनए यूके निर्वाचनका लागि शनिबार जारी मतदानका क्रममा उल्लेख्य मतदान भएको छ ।  

बिहान ६ बजे शुरु भएको मतदानमा अहिलेसम्म ६६ प्रतिशत मत खसेको छ।

निर्वाचन अनुगमन गरिरहेका आइसीसी उपमहासचिव रामशरण सिम्खडाका अनुसार अपरान्ह सवा चार बजेसम्म जम्मा २ हजार ७ सय ९६ मत खसेको हो । जुन संख्या कुल मतदाता ४ हजार १ सय ८३ को दुई तिहाइ ६६ प्रतिशतभन्दा बढी हो ।

अहिलेसम्मको मतदानअनुसार इंग्ल्याण्डमा २ हजार २ सय ४६ ( ६३. ८ प्रतिशत), स्कटल्यान्डमा ४ सय १८ ( ८३.६ प्रतिशत) तथा नर्दन आयरल्यान्ड र वेल्समा १ सय ३२ (७८.६६ प्रतिशत) मत खसेको छ ।  

मतदान मध्यरातसम्म खुला रहनेछ ।  

एनआरएनए यूकेमा पहिलोपटक फेस भेरिफिकेसन विधिद्धारा मतदान गराइएको हो ।

सन् २०२३-२५ को कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भएपनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने निर्वाचन हुन लागेको छ ।

त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषदको अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।

एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कंडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ ।

निर्वाचन आयुक्त हरि गुरुङका अनुसार अनलाइन मतदान गराउने कम्पनी ‘भेरो’ ले मतदान सकिएको दुईदेखि तीन घण्टासम्ममा नतिजा उपलब्ध गराउने बताएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू