शनिबार, साउन १२, २०८१
03:15 | ०८:००

एनआरएनए स्कटल्यान्ड हाँक्न अघि बढ्दै दिवाकर, छन् यस्ता योजना

नेपाली लिङ्क जुलाइ १९, २०२३

लन्डन। एनआरएनए यूकेको यही जुलाइ २२ शनिबार निर्धारित निर्वाचनअन्तर्गत स्कटल्यान्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवार छन् दिवाकर पाण्डे।

थुप्रै सामाजिक संघसंस्थाको अनुभव र एनआरएनए अभियानमा वर्षौंको संलग्नतापछि उनी संस्थालाई गतिशिल नेतृत्व प्रदान गर्ने अठोटसहित मैदानमा उत्रिएका छन्।

चुनावी नारा बांड्नुभन्दा नतिजा नै देखिने गरी काम गर्नुपर्ने मान्यतामा दृढ विश्वास राख्ने दिवाकर आफ्ना योजना र प्रथामिकताहरुमा स्पष्ट छन्।

नेपाली नागरिकता निरन्तरता अभियानका पक्षमा सार्थक योगदान गर्नु नै उनको प्रमुख एजेन्डा छ। स्कटल्यान्डवासी नेपालीका लागि लन्डन दूतावासद्वारा शुरु गरेको घुम्ती सेवा थप प्रभावकारी र नियमित गराउने, स्कटल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या समाधानमा समन्वय गर्ने उनका योजना छन् । आगामी दुई वर्षमा स्कटल्यान्ड एनआरएनए सदस्यतालाई अहिलेभन्दा झन्डै चार गुणा बढाएर २ हजार पुर्‍याउने उनको प्रतिवद्धता छ।

एनआरएनए अभियानमा लामो समयदेखि संलग्न रहंदै आएका दिवाकरले स्कटल्यान्ड राज्य समन्वय परिषदको संस्थापक कमिटीमै सचिवको जिम्मेवारी सम्हालेका थिए।

स्थानीय फाइफ नेपाली कम्युनिटीमा दोस्रो कार्यकाल सचिवका रुपमा सेवारत उनी ग्लास्गोस्थित पशुपतिनाथ मन्दिर यूकेमा पनि सचिवकै भूमिकामा छन्।

स्कटल्यान्डस्थित नेपालीहरुसँग मतको लागि अपील गर्दै दिवाकर भन्छन्, ‘मलाई विश्वास गरेर जिम्मेवारी दिनुहोस् । तपाईंलाई गर्व हुने गरी काम देखाउनेछु।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू