शनिबार, साउन १२, २०८१
06:32 | ११:१७

एनआरएनए यूके नयाँ नेतृत्वका लागि ५१ जनाको उम्मेदवारी

नेपाली लिङ्क जुलाइ १६, २०२३

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नयाँ कार्यसमितिका लागि ५१ जनाले उम्मेदवारी दिएका छन् । 

यही जुलाई २१ र २२ मा सम्पन्न हुने निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवारी परेको हो । निर्वाचन समितिले निर्धारण गरेको अन्तिम समयसीमा १५ जुलाई साँझ ४ बजेसम्म अधिकांश पदका लागि उम्मेदवारी परेको छ । 

एकल उम्मेदवारी परेकाले सबै पद निर्विरोध निर्वाचित हुने निर्वाचन समिति संयोजक विश्वासदीप तिगेलाले बताए ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा प्रेम गाहामगर र उपाध्यक्षहरुमा भरतमणी चोङवाङ, तिर्थबहादुर मल्ल (अनिल), चम्पा थापा मगर, नम्रता घले गुरुङ र अमृत घलेको उम्मेदवारी परेको छ । महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङको उम्मेदवारी परेको छ । 

कोषाध्यक्षमा रविन गुरुङ, सह-कोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राईको उम्मेदवारी परेको छ । 

त्यस्तै सदस्यहरुमा धन तामाङ, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, बृहस्पति बराल मगर, सन्तोष पौडेल, एन्डी राई, खगेन्द्र थापा मगर, तिर्थ थापा, असल लिम्बु र मेक्सी गुरुङको उम्मेदवारी परेको छ । 

त्यसैगरी आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा काउचा, ओम थापा काउछा, अर्चना गुरुङ  फुलप्रसाद कँडेल, भक्त दर्जी, प्रवेश केसी र असल लिम्बुको उम्मेदवारी परेको छ । 

राज्य परिषद अन्तर्गत वेल्सको अध्यक्षमा मोती प्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रामु सारु, सह सचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र सहकोषाध्यक्षमा पदम पुनको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र लिम्बु, सीता गुरुङ, युवराज पुन, सुवास राई, कल्पना लिम्बु र भोजनारायण लिम्बुको उम्मेदवारी परेको छ । 

राज्य परिषद स्कटल्याण्ट र नर्दन आयरल्याण्डका लागि कसैको पनि उम्मेदवारी नपरेका कारण पछि गठन गर्ने बताइएको छ भने इङल्याण्ड राज्य समन्वय परिषद घोषणा हुने प्रकृयामा छ ।

निर्वाचिन समितिले २२ जुलाईमा अल्डरसटमा निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू