शनिबार, साउन १२, २०८१
06:48 | ११:३३

एघारौं ग्रीनवीच महोत्सव जुलाइ २२ मा- फुटबल, भलिबलसंगै लाइभ संगीत पनि

राजन खकुराल जुलाइ १३, २०२३

फाइल तस्विर

लन्डन- साउथ इष्ट लन्डनमा वर्षेनी एक महोत्सवका रुपमा आयोजना हुँदै आएको ग्रीनवीचकप यसपटक जुलाई २२ तारिख शनिबार आयोजना हुने भएको छ।

चार्ल्टन पार्कको मैदानमा सञ्चालन हुने ग्रीनवीचकप तथा महोत्सवको एघारौं संस्करण भव्य बनाउने गरी तयारी भइरहेको आयोजक नेपाली युथ एशोसिएसन यूकेले जनाएको छ।

एशोसिएसन अध्यक्ष लछुमन गुरुङका अनुसार कार्यक्रमलाई मेलाकै रुपमा व्यापक र मनोरञ्जनात्मक बनाउन कोशिश गरिएको छ ।

बिहान ९ देखि साँझ ६ बजेसम्म्म चल्ने महोत्सवमा प्रवेश निशुल्क छ।

ग्रीनवीच कपको प्रमुख आकर्षण ग्रीनवीच कप फुटबल प्रतियोगिता हो जसमा खुलातर्फ बेलायतभरका जम्मा १२
टीमबीच प्रतिस्पर्धा हुनेछ भने ६ भेट्रान टीमबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गराइनेछ। साथै, मैत्रीपूर्ण भलिबल पनि खेलाइनेछ।

प्रतियोगिताको विजेताले ग्रीनवीचकपसंगै १५ सय पाउन्ड नगद र मेडल पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुनेलाई ७ सय पाउन्ड नगदसहित मेडल दिइनेछ। भेट्रानका विजेतालाई पनि ट्रफी र मेडल पुरस्कार प्रदान गरिनेछ।

लाइभ सांगीतिक प्रस्तुति पनि महोत्सवको अर्को आकर्षक पक्ष छ। नेपालबाट आएका लोकदोहोरी कलाकारहरु साथमा स्थानीय आर्केन ब्यान्ड लगायतले लाइभ प्रस्तुति गर्नेछन्।

महोत्सवस्थलमा नेपाली खानासहित व्यापारिक र च्यारिटी स्टलहरु समेत रहनेछन्।

महोत्सवको मुख्य स्पोन्सर साउथ इष्ट रिजनल तमुधिं हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू