शनिबार, साउन १२, २०८१
07:06 | ११:५१

सामुद्रिक तटमा तमु समाज यूकेको रोमाञ्चक गृष्मकालिन भ्रमण

नेपाली लिङ्क जुलाइ ११, २०२३

लन्डन- तमु समाज यूकेले आफ्ना सदस्यहरु र परिवारका लागि सामुद्रिक तटको रोमाञ्चक भ्रमण आयोजना गरेको छ । गत ८ जुलाई शनिबार लन्डनदेखि आइल अफ हवाइटसम्म गृष्मकालिन भ्रमण गराइएको हो ।

बरहाम पार्क वेम्लीबाट झन्डै दुई घन्टा बस र एक घन्टा पानीजहाज (फेरि) को यात्रा पछि पुगिने बेलायतको दक्षिणी तटको सुन्दर टापु आइल अफ हवाइट भ्रमण अन्तर्गत घुम्ने, दृश्यवलोकन र मनोरन्जनको प्याकेज मिलाइएको थियो ।

सहभागीहरु पहिलो बस तथा पानीजहाजको यात्रा, दोस्रो निडल्सको चेयरलिफ्ट राइड र पदयात्रा गरि अलुम बे पिएरको मनोरम दृष्य अवलोकन र तेस्रो ब्राइस्टोनस्थित आइल अफ हवाइट पर्ल (मोती) बजारको अवलोकन गरेपछि फेरि पानी जहाज र बसको यात्रा तय गर्दै वेम्ली फर्किएका थिए ।

झन्डै ७० माइल परिधिको तटवर्ती क्षेत्र रहेको र एक घन्टा मोटर गाडी चडेर एक छेउबाट अर्को छेउ पुग्न सकिने सुन्दर टापु आइल अफ हवाइटको पञ्चिम टुप्पोमा अवस्थित प्रमुख पर्यटकीय स्थल निडल्स पुगेपछि सबैले चेयरलिफ्ट राइड र पद यात्रा गरि त्यहाँका समुद्रिक तटवर्ती क्षेत्रहरुको मनोरम दृष्य अवलोकन गरि आनन्द लिएका थिए । यात्रुहरुले सोही स्थानमा लन्च पनि गरेका थिए ।

लन्चपछि ऐतिहासिक मोती बजार अवलोकन गराइएको थियो । अनेकौं प्रकारका मोतीका गरगहना उत्पादन, प्रदर्शन र विक्री वितरण केन्द्र रहेको उक्त ठाउँ इङ्लिस च्यानलको भव्य मनोरम दृष्य अवलोकन गर्ने महत्वपूर्ण स्थान पनि हो ।

उक्त भ्रमणमा तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्ष सुवसिं गुरुङ, काउन्सिलर कमल गुरुङ, कोषाध्यक्ष खेम बहादुर गुरुङ, आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ लगायत भ्रमणमा कुल ३९ जना सदस्य, आमा दिदीबहिनी तथा परिवार सहभागी थिए। भ्रमणको संयोजन र आयोजनामा समाजका अध्यक्ष, कोषाध्यक्ष, आमा समूहकी अध्यक्ष लगायतको मुख्य भूमिका थियो ।

बिहान ०६:३० बजे बरहाम पार्क वेम्लीबाट आरम्भ भएको एक दिने गृष्मकालिन भ्रमण बेलुका १९:३० बजे बरहाम पार्कमै फर्केर अन्त भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू