शनिबार, साउन १२, २०८१
06:16 | ११:०१

एनआरएनए यूके निर्वाचन अनुगमनको जिम्मेवारी सापकोटालाई

नेपाली लिङ्क जुलाइ ८, २०२३


लन्डन । २२ जुलाईमा हुने एनआरएनए यूके निर्वाचन अनुगमनको जिम्मेवारी युरोप क्षेत्रीय उपसंयोजक समाजसेवी दयानिधि सापकोटालाई दिइएको छ ।

एनआरएनए युरोपले सापकोटालाई सो जिम्मेवारी दिएको हो ।

‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा समन्वय परिषद सम्बन्धि नियमावलीको ५.१६ बमोजिम’ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट एनसीसी बेलायत (यूके) को निर्वाचन तथा अधिवेशन अनुगमनको जिम्मा दिइएको युरोप संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

एनसीसी यूकेसंग समन्वय गरेर केन्द्रिय सहमति कार्यान्वयनमा प्रयास गर्दै निर्वाचन र अधिवेशन सम्बन्धी प्रक्रियाको अनुगमन गरी महाधिवेसन अनुगमन अनुसूची १, अनुसूची २ र अनुसूची ३ बमोजिमको फाराम भरी संयोजकहरुलाई एवं अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउन पनि पत्रमा अनुरोध छ ।

उक्त पत्रको बोधार्थ एनसीसी बेलायतसहित तीन केन्द्रिय अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य र रविना थापा, केन्द्रिय  महासचिवद्वय गौरीराज जोशी एवं केशव पौडेल लगायत पदाधिकारीलाई पठाइएको छ ।

सापकोटाले आफूलाई प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

एनआरएनए यूके सदस्य हुंदै आइसीसी सदस्यपछि हाल युरोप उपसंयोजकको भूमिकामा रहेका सापकोटा बेलायतको नेपाली समुदायमा प्रभावशाली व्यक्तित्व मानिन्छन् । उनले अहिले दुई समूहमा विभाजित एनआरएनए यूकेको एकीकरण पहल शुरु गरेका छन् । 

बेलायतको नेपाली डायष्पोरा विखण्डनले विदेशमा नकारात्मक सन्देश गइरहेकोतर्फ चिन्तित सापकोटाले एकताको विकल्प नरहेको बताउंदै आफू दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन प्रयासरत रहेको बताए ।

‘हामी एउटै समुदायमा एकै खालको उद्देश्यका साथ सामाजिक कर्ममा तल्लीन छौं । तर, एकले अर्काको अस्तित्व नस्वीकार्दा समाज धेरै विखण्डित भयो । अब मिल्नुमा नै सबैको हित छ’, उनले भने । 

सापकोटाले बेलायतस्थित समस्त नेपाली समुदाय, अग्रजहरु, एनआरएन अभियन्ता र शुभचिन्तकलाई आपसी एकता र सद्भावको वातावरण बनाउन पनि अपिल गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू