सोमबार, २२ जुन, २०२६
03:11 | ०७:५६

लन्डन दूतावासमा तय नेपाली फुड फेस्टिभल अक्टोबरमा हुने

नेपाली लिङ्क जुलाइ ७, २०२३

दूतावासमा तयारी छलफल।

लन्डन- बेलायतमा नेपाली खानाको प्रवर्द्धन गर्ने लक्ष्यसाथ यही सप्ताहन्तको लागि तय नेपाली फुड फेस्टिभल आगामी अक्टोबरमा हुने भएको छ।

नेप्लिज् सेफ एशोसिएसन यूके र नेपाली दूतावासको सहकार्यमा जुलाई ९ का दिन दूतावासमा फुड फेस्टिभल गर्ने योजना थियो।  

तयारी नपुगेको प्राविधिक कारण देखाउँदै अक्टोबर २ तारिख सोमबार कार्यक्रम सार्ने निर्णय गरिएको आयोजक एशोसिएसनले जनाएको छ।  

एशोसिएसनका महासचिव राजु बोहोराले फेस्टिभलको तयारी थप भव्य र व्यापक बनाउन नयाँ मिति तय गरिएको जानकारी दिए।  

फेस्टिभलमा विभिन्न स्टलहरु राखेर नेपाली खानाका फरक-फरक परिकारहरु पस्किने कार्यक्रम छ।

उक्त अवसरमा सहभागी नेपाली तथा विदेशी पाहुनाहरुबाट उत्कृष्ट प्रतिक्रिया पाउने  २/ ३ वटा परिकारलाई ‘सिग्नेचर डिस्’ का रुपमा बेलायतभरका हरेक नेपाली रेष्टुरेन्टका मेन्यूमा समावेश गराउने योजना एशोसिएसनको छ।

बेलायतमा नेपाली खानाको स्वादमा सक्दो एकरुपता ल्याउने लक्ष्य एशोसिएसनले लिएको छ। जसका लागि यो फुड फेस्टिभललाई उपयुक्त अवसर बनाइने अध्यक्ष कोशलेश्वर ढकालले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू