शुक्रबार, जेठ ४, २०८१
08:10 | १२:५५

लन्डनमा दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट हुंदै

राजन खकुराल जुलाइ २, २०२३

लन्डन । दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी महिना लन्डनमा हुने भएको छ ।

लन्डनको साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा अगस्ट ६ तारिखमा प्रतियोगिता हुन लागेको हो ।

लिगको मुख्य आयोजक ’केटिएम ट्राभल एण्ड टुर्स’ हो । अपरेसन डाइरेक्टर सुनिल थापाका अनुसार प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नया युवा क्रिकेट कल्ब, गोर्खा क्रिकेट कल्ब र मिडल्यान्ड वारियर्ससहित छ टीमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई गोर्खाज कन्सट्रक्सन, सोलिसिटर रोजन भन्डारी, एफिनिटि एकाउन्टेन्ट, खुकुरी बियर, माया सपोर्टेड लिभिङ, एचटिआर रिक्रुटमेन्ट, अक्सब्रिज मःम लगायतले प्रायोजन गरेका छन् ।

बेलायती सांसद विरेन्द्र शर्मासहित विभिन्न नेपाली संस्थाका प्रमुखहरुको सहभागिता हुने प्रतियोगिता हेर्न तीन हजार बढी दर्शक आउने अपेक्षा गरिएको छ । उक्त अवसरमा खेलकुद मात्र नभएर डिजे, बाउन्सि क्यासल, स्ट्रिट फुड, कमर्सियल स्टलको व्यवस्था गरिने मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले बताए।

प्रतियोगिता सुपर ८ (८ ओभर) संरचनाअनुसार खेलाइने टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडाले बताए ।

प्रतियोगिताका विजेतालाई आकर्षक राशीको पुरस्कार राखिएको आयोजकले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज लगायतका पुरस्कारसमेत दिइने छ ।

प्रतियोगितामा प्रति टिम आठ खेलाडी, पिन्क बल र इंग्ल्याण्ड क्रिकेट बोर्डमा दर्ता भएका एम्पायरहरुको व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू