शनिबार, जेठ ५, २०८१
05:05 | ०९:५०

मुख्यसचिवमा डा अर्याल, वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त

रासस जुन १५, २०२३

डा वैकुण्ठ अर्याल

काठमाडौं–सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए ।

डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव थिए ।

बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

बैरागीद्वारा शपथ

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्ड’ बिहीबार बिहान पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारको शपथ गराउंदै । तस्बिर- प्रदीपराज वन्त/रासस

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई शपथ गराएका हुन् ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।

मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू