आइतबार, जेठ ६, २०८१
06:47 | ११:३२

दोस्रो ‘ए स्टार नेप्लिज बास्केटबल लिग’ को फाइनल शनिबार

नेपाली लिङ्क जुन १५, २०२३

लण्डन । दोस्रो ‘ए स्टार नेप्लिज बास्केटबल लिग’ को फाइनल यही शनिबार ब्रुनेल विश्वविद्यालयको स्पोर्टस हल अक्सब्रिजमा हुने भएको छ । गत वर्षबाट मात्र बेलायतवासी नेपालीहरुद्वारा बास्केटबल लिग प्रतियोगिता सुरुवात गरिएको हो  ।

यही मार्चबाट सुरु यसपटकको प्रतियोगिताको फाइनलमा डिबीएस र साउथ आसफोर्ड वुल्फ्जबीच भिडन्त हुने भएको छ ।

सोहि दिन सेमीफाइनल र फाइनल खेल हुनेछ, जस अन्तरगत सेमीफाइनलको एक खेल स्न्याचर्स र डीबीएसबीच हुनेछ भने अर्को खेल साउथ आसफोर्ड वुल्फ्ज र बलर्स स्ल्यामर्सबीच हुनेछ ।

बिहान ११ बाट साँझ ६ बजेसम्म हुने उक्त प्रतियोगितामा हिलिङडन काउन्सिलका मेयर शेहर्यार अहमद बालाना, हन्स्लो काउन्सिलका उपमेयर आदेश फार्महाम, काउन्सिलर विष्णु गुरुङ, कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहने आयोजकले बताएका छन् ।

कार्यक्रमको ए स्टार फाइनान्सियल सर्भिसेज टाइटल स्पोन्सर छ भने ट्याप ट्याप सेन्ड र नेपलिज सेन्टरले प्रायोजन गरेका छन् । उक्त दिन पुरस्कार वितरणका साथै आकर्षक तथा मनोरन्जनात्मक प्रस्तुति समेत राखिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू