आइतबार, जेठ ६, २०८१
22:33 | ०३:१८

बेलायतमा तेस्रोपटक काउन्सिलर निर्वाचित भए गोवर्द्धन सिलवाल

नेपाली लिङ्क मे ५, २०२३


लन्डन । विहीबार सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका गोवर्द्धन सिलवाल (सागर) तेस्रोपटक काउन्सिलर निर्वाचित भएका छन् ।

हर्टफोर्डशायर ह्यामल ह्याम्पस्टिड डिस्ट्रिक्टअन्तर्गत डेकोरम बरो काउन्सिलको ग्रोभ हिल वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार सिलवाल निर्वाचित भएका हुन् ।

जम्मा ६ सय ६ मत ल्याउँदै सिलवाल लगातार तेस्रो पटक उक्त क्षेत्रको काउन्सिलर निर्वाचित भएका हुन् । सन् २०१५ मा पहिलोपटक काउन्सिलर जितेका उनी सन् २०१९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

सन् २००१ मा बेलायत आएका ललितपुर गोदावरीका सिलवाल यहाँको एनएचएसमा कार्यरत छन्। लामो समयदेखि कञ्जरभेटिभ पार्टीमा सक्रिय उनले ह्यामल ह्याम्पस्टेड कञ्जरभेटिभ एशोसिएसनको चेयरमेनको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्।

हालै राजनीतिशास्त्रमा पिएचडी समेत पूरा गरेका सिलवालले आगामी दिनमा बेलायती राजनीतिमा सक्रियता बढाउँदै जाने योजना बनाएका छन् ।

यो पनि पढौं: बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारः तीन निर्वाचित, अरु असफल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू