बिहीबार, वैशाख १३, २०८१
06:18 | ११:०३

नेपालबाट ७ जना कलाकार झिकाएर नयां वर्ष मनाउंदै जीआरएनसी

नेपाली लिङ्क मार्च २५, २०२३

लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले नेपाली नयां वर्ष विशेष कार्यक्रमसहित मनाउने तयारी गरेको छ । आउंदो १४ अप्रिल शुक्रबारसांझ कार्यक्रम हुन लागेको हो ।

एम्पायर हल अल्डरसटमा अपरान्ह ५ देखि राती ११ बजेसम्म नेपाली नयाँ वर्ष धुमधामसंग मनाउन लागिएको जीआरएनसी अध्यक्ष मन गुरुङले जनाए ।

नेपालीहरुको अरु कार्यक्रम भन्दा पृथक हुने र दर्शक हरुलाई भरपुर मनोरन्जन दिलाइने दावी अध्यक्ष गुरुङले गरेका छन् ।

उक्त कार्यक्रमका लागि सातजना राष्ट्रिय कलाकारहरु तथा लाइफ कोच नेपालबाट आउन लागेको संस्थाले जनाएको छ । कार्यक्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी र रसमोर मेयर काउन्सिलर जोन मार्स विशेष अतिथि रहनेछन् ।

प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि र दर्शकहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकार र सयपत्री कल्चरल ग्रुपको नाच, डिएमटी ब्याण्ड आदिको प्रस्तुति हुनेछ।

अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी भएर नेपाली नयां वर्ष मनाउन बेलायतवासी नेपालीमा निमन्त्रणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू