बिहीबार, चैत १५, २०८०
15:42 | २१:२७

पिएनजीमाथि नेपालको सहज जीत, अब यूएईलाई हराए विश्वकप क्वालिफायरमा

नेपाली लिङ्क मार्च १३, २०२३

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले सहज जित हासिल गरेको छ ।

उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेट्न सफल नेपालले विष्फोटक ब्याटिङ गर्दै ७.४ ओभरमै लक्ष्य भेटेको थियो।

नेपालका आसिफ शेखले २१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए। त्यसअधि, कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा कुशल मल्ले १२ रन बनाए । पीएनजीका चाड सोपरले एक विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ थालेको पीएनजीका ७ ब्याटर दोहोरो अंकमा रन नबनाई आउट भए । नेपालका लागि सर्वाधिक ५ विकेट लिएका सन्दीप लामिछाने म्यान अफ द म्याच बने।

ललितनारायण राजवंशी र कुशल मल्ले दुई-दुई तथा सोमपाल कामीले पनि एक विकेट लिए ।

जितसँगै नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । पहिलो खेलमा पीएनजीमाथि ५२ रनको जित निकालेको नेपालले दोस्रो खेलमा यूएईलाई १ सय ७७ रनले पराजित गरेको थियो । अब अन्तिम खेलमा नेपालले बिहिबार यूएईसँग खेल्नेछ ।

उक्त खेलमा यूएईलाई पराजित गरे नेपाल शिर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू