आइतबार, जेठ ६, २०८१
09:00 | १३:४५

सन्दीपका पक्षमा सर्वोच्चको फैसला, विदेश जान अनुमति

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२३


काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फैसला सुनाएको छ। 

उनलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको अदालतले विदेश जाने अनुमतिसमेत प्रदान गरेको छ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले सोमबार फैसला गरेको हो ।

यसअघि नाबालिग बलात्कार मुद्दामा धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । 

सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू