मंगलबार, वैशाख ११, २०८१
17:03 | २१:४८

नेपालमा सुनको मूल्य निरन्तर उकालो

रासस फ्रेब्रवरी २, २०२३

काठमाडौँ—पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । 

यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला रु एक लाख छ हजार नौ सय पुगेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार आठ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु १५ ले बढेर प्रतितोला रु एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ । 

अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । 

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू