मंगलबार, चैत ६, २०८०
05:07 | १०:५२

रवि लामिछानेले मन्त्री पदबाट दिए राजिनामा

रासस जनवरी २७, २०२३

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा गरेको फैसलाले सांसद पद खारेज भएसँगै उनले मन्त्री पदबाट राजिनामा दिएका छन् ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’, प्रचण्डसमक्ष राजिनामा पेश गरेका हुन् ।

गृह मन्त्रालयबाट निस्किने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूले सर्वोच्चको फैसला मान्ने बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो ।

लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू