बिहीबार, चैत १५, २०८०
09:46 | १५:३१

प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल

रासस जनवरी २६, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिहीबार बालुवाटारमा भेटवार्ता गर्दै । तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू