शुक्रबार, वैशाख १४, २०८१
20:45 | ०१:३०

उपसभामुखमा इन्दिरा रानाको पदबहाली   

रासस जनवरी २३, २०२३

काठमाडौँ—नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी हुन् । उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए ।

उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिमरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहबीच सभामुख घिमिरेसमक्ष उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिइन् ।

सभारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए ।  

राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट शनिबार उपसभामुख निर्वाचित भएकी थिइन् । उपसभामुख भएपछि उनी पार्टीबाट अलग भएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू