बेलायती राजदूतले भेटिन् प्रधानमन्त्री प्रचन्ड, के भयो छलफल ?



काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुधबार राजदूत पोलिटले प्रधानमन्त्री प्रचन्डसँग भेटवार्ता गरेकी हुन्।
शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तापछि राजदूत पोलिटले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचन्डलाई बधाई दिएको र दुई देशबीचको मैत्री सम्झौताको दुई सयौँ वर्षका सन्दर्भमा साझा प्राथमिकताहरुबारे छलफल गरेको बताएकी छन्।
ट्वीटर पोस्टमा उनले दुई देशबीचको सम्बन्ध जनतासँगको सम्बन्ध, साझा लोकतान्त्रिक मूल्यमान्यता र नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्नेमा आधारित रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट । तस्बिर- प्रदीपराज वन्त/रासस
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५