शनिबार, जेठ ५, २०८१
14:15 | १९:००

भारत र बेलायतद्वारा अफगानिस्तान, युक्रेन मुद्दामा विचार आदानप्रदान

रासस–एएनआई जनवरी १६, २०२३

नयाँ दिल्ली, २ माघ–भारत र बेलायतले सोमबार अफगानिस्तान र युक्रेनका विषयमा विचार आदानप्रदान गरेका छन् ।

पारस्परिक हितका मुद्दाहरूमा छलफल गरी दुई पक्षहरूसँग ‘सन्तुलित र व्यापक’ स्वतन्त्र व्यापार लगायतका विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।

दुवै पक्षले व्यापार र आर्थिक सहयोग, रक्षा र सुरक्षा, विज्ञान र प्रविधि, जनता–जनताबीचको सम्बन्ध, स्वास्थ्य र जलवायु परिवर्तन जस्ता विषयमा पनि गम्भीर छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारत र बेलायतले भविष्यको सम्बन्धको लागि मार्गचित्र सन् २०३० लाई अपनाएर व्यापक रणनीतिक साझेदारी कायम गर्ने बताएका छन् । बैठकपछि जारी विज्ञप्तिमा एफओसीले कोभिड–१९ महामारीले सृजित कठिनाइ र विभिन्न किसिमका प्रतिबन्धको बाबजुद सो मार्गचित्रको कार्यान्वयनमा भएको प्रगतिबारे पनि समीक्षा गरेका उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–’दुवै पक्ष सन्तुलित र व्यापक भारत–बेलायत एफटीएको प्रारम्भिक निष्कर्षमा पुग्न चाहन्छन् जसले पाँचौं र छैटौं ठूलो विश्वव्यापी अर्थतन्त्रहरू बीचको आर्थिक संलग्नतालाई तीव्र बनाउन सक्छ ।’

यस वर्षको जनवरी ९ मा लन्डनमा प्रवासी भारतीय दिवसको अवसरमा युवा व्यावसायिक योजनालाई औपचारिकता दिने पत्रहरू आदानप्रदान गरिएको थियो र यो योजना सन् २०२३ फेब्रुअरी २८ मा शुरु गरिने भनिएको छ ।

यसैगरी बैठकमा भारत र बेलायतले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गरेका छन् जसमा अफगानिस्तान, युक्रेन, हिन्द प्रशान्त रणनीति, राष्ट्रमण्डल र संयुक्त राष्ट्रसंघ लगायतका विषय समावेश छन् ।

बेलायतले सन् २०२१–२२ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अस्थायी सदस्यको रूपमा भारतको योगदानको प्रशंसा गर्दै सुरक्षा परिषद् सुधार लगायतका विषयमा आफ्नो समर्थन दोहोरयाएको छ । बेलायतले यस वर्ष जी–२० को अध्यक्षको रूपमा भारतको प्राथमिकताहरूको समेत प्रशंसा गरेको छ ।

साथै १५औं भारत–बेलाइत परराष्ट्र कार्यालय परामर्श (एफओसी) मा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश सचिव विनय मोहन क्वात्राले गरेका थिए भने बेलायती पक्षको नेतृत्व विदेश, राष्ट्रमण्डलका स्थायी उपसचिव सर फिलिप बार्टनले गरेका थिए।

यस्तै बैठक सन् २०२० नोभेम्बरमा लन्डनमा भएको थियो। आगामी बैठक सन् २०२४ मा लन्डनमा गर्ने सहमति भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू