लन्डन छाड्नुअघि राजदूत घिमिरे विदाइ भेटमा व्यस्त


 
    
    

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे नेपाल फर्कनुअघि विदाइ भेटघाटमा व्यस्त भएका छन् ।
नेपाल सरकारले बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएपछि घिमिरेले नेपाल फर्कनुअघि यहांका राजनीतिज्ञ, उद्यमी, वुद्धिजिवी लगायतसंग विदाइ भेट गरेका हुन् ।
राजदूत घिमिरेले बिहीबार वेष्टमिन्सटरमा एक प्रसिद्ध ब्रिटिश राजनीतिज्ञ, हाउस अफ लर्डसका सदस्य एवं सफल उद्यमी लर्ड बिलिमोरियासंग भेटवार्ता गरे । झण्डै एक घण्टा लामो उक्त बैठकमा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटपछि राजदूतले भनेका छन्, ‘लर्ड बिलिमोरिया मलाई विदाई गर्न पियर गेट (बेलायती संसद) सम्म आउनुभयो । आश्चर्यजनक रुपमा हामीले के थाहा पायौं भने हामी दुबै ब्रिटिश आर्मीको गोर्खा पल्टनमा सेवा गरिसकेका भेट्रानहरुका सन्तान रहेछौं।’
सरकारले ६ नोभेम्बर अघि फर्कन भनेका कारण राजदूत घिमिरे दम्पत्ति नोभेम्बर लाग्ने बित्तिकै नेपाल जाने तयारीमा छन् । उनी नेपाल गएपछि दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवहाक राजदूतको भूमिका निर्वाह गर्ने छन् ।
नेपाल सरकारले तत्काल नयां राजदूत नियुक्त नगर्ने निर्णय गरेपछि दूतावासको बाग्डोर दुवाडीको कांधमा आएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५
 
 




 
 
 
 
 
 
 
 
 
 
