मंगलबार, ४ नोभेम्बर, २०२५
00:01 | ०५:४६

लन्डनमा नर्थल्ट १० के रन, दौडिए सयौं नेपाली

नेपाली लिङ्क नोभेम्बर ३, २०२५

लन्डन । नेपाल रन यूकेले नोभेम्बर २, आइतबार नर्थाला फील्ड्स पार्क, नर्थल्टमा गरेको नर्थल्ट १० के रनमा सयौं नेपाली र विदेशीले सहभागिता जनाए । आयोजकले करिब ५०० धावक प्रत्यक्ष र अन्य कैयौंले भर्चुअल सहभागिता जनाएको उल्लेख गरेको छ ।

उक्त रन परोपकारी संस्था हेल्प नेपाल नेटवर्क र जुम्लास्थित उच्च उचाइ प्रशिक्षण शिविरलाई सहयोग पुरयाउने उद्देश्यले आयोजना गरिएको संस्थाका कोषाध्यक्ष रविन्द्र अधिकारीले जानकारी दिए ।

दौडमा स्थानीय सांसद जेम्स मरे, नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी, दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी लगायत सहभागी भए ।

कार्यक्रमका सबै विजेताहरूलाई ट्रफी प्रदान गरियो भने सबै सहभागीलाई टिसर्ट र पदक वितरण गरिएको थियो । नेपाल रन यूकेका पदाधिकारी डा. जगन कार्कीका अनुसार यो वार्षिक दौड कार्यक्रम नेपाल रन यूकेका प्रमुख आकर्षणमध्ये एक बनेको छ, जसले समुदायमा एकता, स्वास्थ्य र ‘फिटनेस’ प्रतिको जागरूकता फैलाएको छ।

ट्रफी वितरण कार्यक्रम समिता आलेले सञ्चालन गरेकी थिइन् भने कोच आत्माराम दहालले ‘वार्म अप एक्सरसाइज’ गराएका थिए ।

ब्रिटिश गोर्खा पाइपर प्रताप गुरुङले पाइपर बजाएपछि लाइन अप हुंदै आत्माराम दाहालले नेपाली शंख फुके लगत्तै दौड सुरु भएको थियो । स्वयम्भूको स्तूपा र नेपाली ध्वजा सजाइएको पार्कमा नेपाली खानाको बेग्लै स्टल राखिएको थियो । आयोजकले यस दौडमा नेपालमा बनेका नेपालीपन झल्किने ट्रफी, टिसर्ट प्रयोग गरिएको जनाएका छन् ।

१० के दौड सुरु हुनु अघि बालबालिकाको ‘२ के फन रन’ पनि आयोजना भएको थियो ।

इभेन्ट निर्देशक सन्तोष राई

इभेन्ट निर्देशक सन्तोष राईले सबै प्रायोजक, स्वयंसेवक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल रूपमा सम्पन्न भएको बताए ।

रनको प्रमुख प्रायोजकमा ए स्टार फाइनान्सियल सोलुसन्स यूके थियो भने अन्य प्रायोजकहरुमा लन्डन म्याराथन, रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, मेक्सवर्थ अकाउन्टेन्ट्स, एनआरएनए यूके इंगल्याण्ड राज्य समन्वय परिषद, भोजपुर समाज यूके, मःम हाउस ३६५, एसएनपी प्लस अकाउन्टिङ, किरात राई यायोक्खा यूके, एनबीसी यूके, नेपाली साइक्लिङ क्लव, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्र गुरुङ लगायत थिए ।

दौडका विजेताहरुः

ओभर अल

महिलातर्फ:
प्रथमः फ्रान्सेस्का बुटी ४० मिनेट ०२ सेकेन्ड
द्वितीयः सराह ह्यारिस ४३ मिनेट १० सेकेन्ड
तृतीयः तेज माया रेग्मी सिग्देल ४५ मिनेट ५१ सेकेन्ड

पुरुषतर्फ
प्रथमः इलियास अहमद ३४ मिनेट १ सेकेन्ड
द्वितीयः सन्देश राई ३४ मिनेट ५३ सेकेन्ड
तृतीयः ट्वेलर ब्वक्याम्बे ३५ मिनेट १३ सेकेन्ड

भेट्रान ४० देखि ४९ उमेर समूह
महिलातर्फ:

प्रथमः मनिषा लिम्बु ४९ मिनेट २५ सेकेन्ड
द्वितियः क्लारी मोरिस ४९ मिनेट ३८ सेकेन्ड
तृतीयः होमा देवी पुन ५० मिनेट २९ सेकेन्ड

पुरुष तर्फ
प्रथम : सेलिमेन्ट बर्थेट ३७ मिनेट ४९ सेकेन्ड
द्वितिय : बलदेव कुँवर ३८ मिनेट २३ सेकेन्ड
तृतीय : नाइजल रिबेरियो ४० मिनेट ०+९ सेकेन्ड

भेट्रान ५० देखि ५९ उमेर समूह

महिला तर्फ:
प्रथमः रेबेका क्नाइट ४६ मिनेट ५८ सेकेन्ड
द्वितिय : भेनेसा पल ५२ मिनेट ३४ सेकेन्ड
तृतीय : रेचल फोर्ड ५३ मिनेट ३७ सेकेन्ड

पुरुष तर्फ
प्रथम : लक्ष्मण गुरुङ ३९ मिनेट २३ सेकेन्ड
द्वितिय : पदम कुँवर ३९ मिनेट २५ सेकेन्ड
तृतीय : अमृत श्रेष्ठ ४१ मिनेट ०२ सेकेन्ड

सुपर भेट्रान ६० + उमेर समूह

महिलातर्फ प्रथम: जेनिफर हडसन ५५ मिनेट १५ सेकेन्ड
पुरुष तर्फ प्रथम : मार्टिन देओड

नेपाल रन क्लवका बिजेताहरु

महिलातर्फ – सलिना राजभण्डारी ५१ मिनेट ५० सेकेन्ड
पुरुषतर्फ : शिव गुरुङ ४२ मिनेट ५० सेकेन्ड

क्लवको नियमित दौड गतिबिधिमा राम्रो प्रगति गर्ने धावक- पुस्कर नेपाल

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू