बेलायत पढ्न आएकी विद्यार्थी काम नपाएर मानसिक पीडामा, एनआरएनए यूकेद्वारा उद्दार



प्रतिकात्मक तस्विर
लन्डन । गैरआवासीय नेपाली संघ यूकेले मानसिक पीडामा परेकी एक विद्यार्थीलाई उद्दार गरि नेपाल पठाउन सहयोग गरेको छ । बिपीपी युनिभर्सिटीमा मास्टर्स अध्ययनका लागि गत जुनमा बेलायत आइपुगेकी मालती शर्मा (नाम परिवर्तन) लामो समय रोजगारी नपाउँदा मानसिक पीडामा थिइन् । दैनिक कामको खोजी र अध्ययनका लागि पैसा जुटाउनु पर्ने वाध्यताले दोहोरो मारमा परेकी उनी दशैं अघि मानसिक पीडाले विक्षिप्त बनिन् ।
उनलाई तत्काल उद्दार गर्न एनआरएनए यूके उपाध्यक्ष कृष्ण भण्डारीलाई अनुरोध आयो । भण्डारीकाअनुसार एनआरएनए यूके प्रवक्ता श्याम लुईटेल र उनकी श्रीमति इन्दू भट्टराईले राती नै उनी बसेको ठाउँ पुगेर उद्धार गरे । करिब दुई साता अघि उपाध्यक्ष भण्डारी र उनकी श्रीमती कौशिलाले वेल्सबाट केन्ट आएर ड्यारेन भ्याली हस्पिटलको इमरजेन्सीमा मालतीको प्रारम्भिक उपचार गराए ।
चिकित्सको सल्लाहअनुसार भण्डारी दम्पत्ति औषधिसहित मालतीलाई लिएर वेल्स गए । केन्टमा उपचारका क्रममा प्रवक्ता लुईटेल दम्पत्ति र अर्का एनआरएनए सदस्य विष्णु भट्टराईले सहयोग गरेका थिए । नेपाली छात्रा मालतीलाई ‘रेस्क्यू’ गर्न नेपाल भएपनि एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले सहयोगी भूमिका निर्वाह गरेका थिए । उनले एनआरएनए अभियन्ता हिराधन राईको सहयोगमा मालतीलाई नेपाल लैजाने व्यवस्था गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जनाएको छ।
अध्यक्ष पुडासैनीले बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरुलाई राम्रोसँग बुझेर आउन विशेष आग्रह गरेका छन् । उनले बेलायतमा डेरा भाडा निकै महंगो, विद्यार्थीलाई काम गर्ने अधिकार सीमित र काम पाउन पनि निकै गाह्रो भएकाले चरम आर्थिक कठिनाइ व्यहोर्नु पर्ने भन्दै सकभर मास्टर्स डिग्री वा सो भन्दा माथिको कोर्षमा मात्र आउन सुझाव दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



