बुधबार, वैशाख १२, २०८१
19:15 | ००:००

पुरानो डायरी

नेपाली लिङ्क डिसेम्बर २३, २०२२

नवीन रायमाझी

धुलाम्य भएको पुरानो डायरीको केहि पन्ना खोलेको मात्र के थिएं
तिम्रो यादको क्रम फेरी शुरु भइहाल्यो,

पन्ना पल्टाउदै म बग्न थालें
उही भावुकताको समुन्द्रमा जसमा म कहिले चुर्लुम्म डुब्थें,

आज त् त्यो लहरहरु पनि चुपचाप छन्
तर पनि म भने चुपचाप छैन

तिम्रो एउटा तुफान भने हरेक दिन बग्छ मेरो मन र आँखाबाट
तिम्रै सम्झनामा र तिम्रै यादमा

आज जब मैले त्यो पुरानो डायरी के खोलेको थिएं
गुलाफको फुलको जस्तो मन्द मन्द बासना आइरहेको थियो

तिम्रो सम्झनाले भरिएको त्यो डायरीमा
पहिलेको भावुकताको समुन्द्र उस्तै थियो

जब तिमीसंग मेरो पहिलो प्रेम भएको थियो

नवीन रायमाझी, हाल पेन्सिलभेनिया अमेरिका

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू