आइतबार, साउन ६, २०८१
19:47 | ००:३२

टर्कीले काठमाडौँमा दूतावास स्थापना गर्ने

रासस डिसेम्बर ९, २०२२

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ ।

उनीहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू