बिहीबार, वैशाख १३, २०८१
23:51 | ०४:३६

एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक

रासस डिसेम्बर १, २०२२

त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा विदेशी पर्यटक । तस्वीर- चन्द्रकला क्षेत्री, रासस

काठमाडौं । पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै अगष्टमा ४१ हजार तीन सय ४, जुलाइमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन् । अमेरिकाबाट सात हजार आठ सय ३१, बेलायतबाट पाँच हजार एक सय ६५ र अष्ट्रेलियाबाट तीन हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै बङ्गलादेशबाट दुई हजार दुई सय १८, थाइल्यलाण्डबाट दुई हजार चार सय ४१ पर्यटक आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू