शुक्रबार, वैशाख १४, २०८१
23:30 | ०४:१५

बेलायती राजदूत निकोला लुम्बिनी भ्रमणमा 

रासस डिसेम्बर १, २०२२

लुम्बिनी । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) की राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गरेकी छन् ।

लुम्बिनी भ्रमणमा आएकी राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गरे । 

उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गरेकी थिइन् । भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए । 

विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोचअनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए । 

उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको सहभागिता थियो ।

सो अवसरमा कोषका तर्फबाट राजदूत निकोलालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू