शुक्रबार, वैशाख १४, २०८१
17:57 | २२:४२

सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा जिसी निर्वाचित   

रासस नोभेम्बर २९, २०२२

काठमाडौँ । विश्वभरका समाजवादीहरूको साझा संस्था सोसलिष्ट इन्टरनेशनको उपाध्यक्षमा नेपालका खगेन्द्र जिसी निर्वाचित भएका छन् ।

स्पेनको म्याड्रियमामा यही नोभेम्बर २५ देखि २७ सम्म भएको सम्मेलनले जिसीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
ि
जसी नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वअध्यक्षसमेत हुन् ।

जिसी उपाध्यक्षमा निर्वाचित भएसँगै सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष बन्ने तेस्रो नेपाली बनेका छन् । यसअघि कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उपाध्यक्ष निर्वाचित भएका थिए ।

सो सम्मेलनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

उक्त सम्मेलनमा जिसीसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसहसंयोजक बेदप्रसाद खरेलले सहभागिता जनाएका थिए । खरेल कांग्रेसको पूर्वमहासमिति सदस्यसमेत हुन् ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्न सोसलिष्ट इन्टरनेशनलमा ३६ उपाध्यक्ष हुने व्यवस्था गरिएको छ ।

महाधिवेशनका क्रममा जिसी र खरेलले स्पेनका प्रधानमन्त्री सान्चेजसंग कोरोना महामारीका बेला नेपाललाई स्पेनी सहयोग स्मरण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू