बिहीबार, वैशाख ६, २०८१
07:10 | ११:५५

हिमाल सागरको रोमान्टिक गीत ‘ए हो र माया’ सार्वजनिक

नेपाली लिङ्क नोभेम्बर २९, २०२२

गायक हिमाल सागरद्वारा स्वरवद्ध उनको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ ।

‘तीन दिनमा ७ लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १० लाख भन्दा बढी दर्शकले युट्युबमा हेरिसक्नुभएको छ, सबैलाई धन्यबाद दिन चाहन्छु,’ गायक हिमाल सागरले भने ।

मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय छ । उक्त गीतमा शब्द तथा संगीत बिमल अधिकारीको छ भने कमल सौरागले एरेन्ज गरेका छन् ।

म्यूजिक भिडियोलाई भावना म्यूजिक सोलुसनको युट्युव च्यानलमार्फत  सार्वजनिक गरिएको छ ।

गीतको भिडियो हेर्नुहोस्:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू