बुधबार, जेठ २, २०८१
08:55 | १३:४०

समानुपातिकतर्फ करिब ८० प्रतिशत मतगणना

रासस नोभेम्बर २७, २०२२

काठमाडौँ कान्तिपथको जमलमा रहेको निर्वाचन आयोगको कार्यालय । तस्बिर- रासस

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।

सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड ७ लाख तीन हजार २७) मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल मतगणना भइरहेको छ ।

निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मङ्सिर १० गते पुनःमतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ ।

दोलखा र स्याङ्जा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका संकलन भइसके पनि विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना शुरू गर्ने भन्ने विषयमा आयोगको निर्णय प्रतीक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू