बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

काठमाडौँ १ मा मिश्रको अग्रता   

रासस नोभेम्बर २१, २०२२

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिएका छन् ।

राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाएका छन् ।

नेकपा (एमाले) का किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू